नियम ३८
स्वास्थ्यको हेरविचार गर्ने
(१) जेलरले कारागारका कैदी वा थुनुवाहरुको स्वास्थ्यको
लागि अन्नपानीको राम्रो प्रवन्ध गर्नु पर्छ ।
(२) कारागार भित्र कैदी वा थुनुवा रहेका ठाउ“ ठाउ“मा पाइखाना, पिसाबखानाहरुमा समेत दरबन्दी भैरहेको मेहत्तर, च्यामे भङ्गिहरुद्रारा रोज रोजै सुग्घर सफा गराई चून फिनेल, पोटास इत्यादि छर्ने गराउनु पर्छ ।
(३) कारागारका कैदी वा थुनुवाहरुको स्वास्थ्य निमित्त कुनै किसिमका बाजी राखी लिन दिन नपाउने गरी कारागार सुहाउ“दो विभिन्न किसिमको मनोरञ्जन खेलकूदको प्रबन्ध हुन सक्नेछ ।